शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अमेरिकामा फेरि कोरोनाका कारण दुई नेपालीको मृत्यु

दैनिक नेपाल २०७६ चैत २३ गते ९:५४

काठमाडौं, २३ चैत । अमेरिकामा फेरि दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको इपिसेन्टर बनेको अमेरिकी राज्य न्यूयोर्कमा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुने मुस्ताङ घर भई न्यूयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्ट रहेका छन् । उनको आफ्नै कोठाभित्रै मृत्यु भएको जनाइएको छ ।

ज्याक्सन हाईटमा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी भएर घरमा आराम गरिरहेका थिए ।

यसअघि पनि न्यूयोर्कमै अर्का एक जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित