३० आश्विन २०८३, शुक्रबार

बहराइनमा ९ जना नेपाली कोरोना संक्रमित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । बहराइनमा एकैपटक ९ नेपालीमा कोरोना संक्रमण भएको छ । यसअघि बहराइनमा ३ जना नेपालीमा कोरोना देखिएको थियो ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा कोरोना पोजिटिभ देखिएको हो ।

बहराइनको सल्मावादस्थित एक क्याम्पमा कार्यरत विदेशी कामदारलाई कोरोना देखिएको थियो । त्यो क्याम्पमा नेपाली सहित ४ सय जना बस्दथे ।

उनीहरुको अवस्था स्थिर छ । त्यस क्याम्पमा अझै कति नेपाली छन् भन्ने खुलेको छैन ।