शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बहराइनमा ९ जना नेपाली कोरोना संक्रमित

दैनिक नेपाल २०७६ चैत २२ गते ९:५५

काठमाडौं, २२ चैत । बहराइनमा एकैपटक ९ नेपालीमा कोरोना संक्रमण भएको छ । यसअघि बहराइनमा ३ जना नेपालीमा कोरोना देखिएको थियो ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा कोरोना पोजिटिभ देखिएको हो ।

बहराइनको सल्मावादस्थित एक क्याम्पमा कार्यरत विदेशी कामदारलाई कोरोना देखिएको थियो । त्यो क्याम्पमा नेपाली सहित ४ सय जना बस्दथे ।

उनीहरुको अवस्था स्थिर छ । त्यस क्याम्पमा अझै कति नेपाली छन् भन्ने खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित