शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

लण्डनमा एक नेपालीलाई कोरोनाकाे संक्रमण

दैनिक नेपाल २०७६ चैत २२ गते ९:०९

लण्डन । नेपाली कांग्रेसका युवा नेता एवम् जनसम्पर्क समिति बेलायतका संस्थापक तस्बीर लामालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

कोरोना भाइरसको संक्रमण भएपछि लामालाई लण्डनस्थित एसटी हिलर अस्पतालमा राखेर उपचार भइरहेको नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरले जनाएका छन् ।

महरले आफ्नो फेसबुक वालमा लामोको तस्वर राखेर लामाको लण्डनमा कोरोना भाइरसको संक्रमणको उपचार भइरहेको जनाएका छन् ।

लामा स्थानीय तहको निर्वाचनमा काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको अध्यक्षको उम्मेदवार समेत बनेका थिए ।

लण्डनमा एक जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण निधन भइसकेको छ । केही नेपालीहरूलाई कोरोना भाइरसको संक्रमण भएको छ । धेरै संक्रमितहरू उपचारपछि घर फर्किएका छन् ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन गर्दै आएको छ । नेपालमा कोरोना भाइरसको संक्रमित एक जना उपचारपछि घर फर्किसकेका छन् । पाँच जनाले अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित