सोमबार, ५ जेठ २०७७
DainikNepal.com
सोमबार, ५ जेठ २०७७

गलैँचा र गाडीका पार्टपुर्जा आयात गर्ने भनेर सञ्चालित कम्पनीलाई स्वास्थ्य सामग्री आयात गर्ने ठेक्का

दैनिक नेपाल २०७६ चैत २२ गते ७:५१

काठमाडाैं, २२ चैत । औषधि अथवा मेडिकल उपकरण आयात गर्ने स्वीकृति नै नपाएको कम्पनीलाई विनाप्रतिस्पर्धा ठेक्का दिएर मन्त्री तथा अधिकारीले आफ्नो आर्थिक स्वार्थ पूरा गर्न खोज्दा कानुन र जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भएको छ

गलैँचा, तयारी पोसाक तथा गाडीका पार्टपुर्जा आयात गर्ने, सामग्री आयात गर्ने तथा सफ्टवेयर उत्पादन गरी निर्यात गर्ने भनेर सञ्चालित कम्पनीले मेडिकल सामग्री आयात गर्ने ठेक्का पाएपछि के हुन्छ ? त्यही हुन्छ जो अहिले देशमा भइरहेको छ । देश स्वास्थ्य विपत्मा भएको वेला पनि आर्थिक स्वार्थमा लागेका नेता तथा अधिकारीका कारण स्वास्थ्यसँग साइनो नभएको कम्पनीले विनाप्रतिस्पर्धा ठेक्का पायो जसको परिणाम देश अहिले अत्यावश्यक सामग्रीविहीन अवस्थामा छ ।

तुलहरि सिंह भनेर अहिले मिडियामा चर्चामा आएका ठेकेदारको खास नाम तुलबहादुर सिंह हो, उनी र हरि सुमन ओम्नी इन्टरनेसनलका सञ्चालक हुन् । त्यस्तै, प्रकाश केसी, पारस केसी र सुमन सिंह सो कम्पनीका लगानीकर्ता हुन् ।

उनीहरूले मुख्यतः गलैँचा तथा तयारी पोसाक आयात गर्ने उद्देश्यले कम्पनी सुरु गरेका थिए । गाडीका पार्टपुर्जा आयात गर्ने, सफ्टवेयर उत्पादन गरी बिक्री गर्ने र खाद्यान्नसमेत आयात–निर्यात गर्ने अनुमति सो कम्पनीले पाएको छ । तर, स्वास्थ्यसम्बन्धी औषधि वा उपकरण आयात गर्ने स्वीकृति नै नपाएको सो कम्पनीलाई ठेक्का दिएर सरकारले कानुन मात्र होइन, जनस्वास्थ्यमा पनि गम्भीर खेलबाड गरेको छ । नयाँ पत्रिका दैनिकमा सुवास भट्टले समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित