बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

मकैबारीमा आएर सास फेरियो

दैनिक नेपाल २०७६ चैत २२ गते ७:३४

झापा, २२ चैत । भारतीय प्रहरीको आँखा छलेर नेपाल छिरेका नेपाली भन्छन्, ‘भोको पेट, उखरमाउलो गर्मी, फोहोर र भारतीय प्रहरीको छिछि र दुर्दुर सम्झिँदा पनि शरीरभरि काँडा उम्रिन्छ।’

हाल झापा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका सुर्खेत घर भएका जगत् विष्टले भने, ‘भारतमा फैलिँदै गएको कोरोनाका कारण यता नेपालबाट परिवारको जसरी भए पनि नेपाल आऊ भन्ने आग्रह र भारतीय प्रहरीको दादागिरी सहँदै लुकेर नेपालको मकैबारीमा छि र्‍यौँ।’

नेपालको घना मकैबारीमा खुट्टा टेकेपछि उनी लामो सास फेरेर थचक्कै बसे। ‘आफ्नो देशको माटोको मह त्व बल्ल चिनियो,’ उनले भने। भारतले लामो समय लकडाउन गरेपछि मेडिकल सर्टिफिकेट बनाएर बिहीबार साँझ १४ नेपाली भारतीय प्रहरीको आँखा छल्दै सीमाबाट नेपालतर्पmको मकै बारीमा छिरेका थिए।

नेपाल आउन हिँडेका उनीहरू पाँच दिन भारतीय क्वारेन्टाइनमा बस्दा उसको सरकारले भुइँमा ओछ्याउने तन्नासमेत नदिएको गुनासो गर्छन््। ‘हामीलाई राखेको क्वारेन्टाइनमा पाँच दिनमा तीन छाक मात्र खाना दिन्थे,’ विष्टले भने, ‘खाना पनि नेपालीलाई भनेपछि हेपेर थालै हु र्‍याउँथे।’

चार वर्षदेखि भारतको बिहारमा चौकीदारी गरेका जगत्ले पहिलोपटक भारतीयको हेपाइ सहेको बताए। यत्तिका वर्ष भारत बसेर रोजगारी गर्दा नेपालीलाई माया नै गरेको उनलाई महसुस हुन्थ्यो। तर, कुकुर खेदाएझैं आफूहरूलाई भारत सरकारले खेदेको उनले बताए।

१०, १२ जना नेपाली सँगसँगै कोठा भाडा लिएर बस्ने गरेका थिए। त्यो देखेर स्थानीयले त्यहाँको सरकारलाई कुरा लगाइदिएपछि आपूmहरू हिँड्न बाध्य भएको सुर्खेत नै घर भएका अर्का पूर्ण बरुवालले बताए। टोल-टोलमा बसेका नेपालीको टोलीलाई निकालेर क्वारेन्टाइनमा लगेर राखिएको उनले उल्लेख गरे।

उनका अनुसार क्वारेन्टाइन स्थलमा अझै पनि सयौँ नेपालीले भारतीयको भेदभाव सहेर भोकै बसेका छन्। बरुवालले भने, ‘उता रोकिएका साथीहरूलाई पनि नेपाल सरकारले नेपाल ल्याउने काम गरोस्।’ राधा खनालले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित