शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोना संक्रमणबाट अमेरिकामा फेरि एक नेपालीको मृत्यु

दैनिक नेपाल २०७६ चैत २१ गते १०:०२

काठमाडौं, २१ चैत्र । कोरोना भाइरस संक्रमणको कारण अमेरिकामा अर्का एक जनाको मृत्यु भएको छ। ७१ वर्षीय नेपाली नागरिकको कोलोराडोमा निधन भएको हाे ।

कोरोना भाइरसबाट संक्रमित उनलाई एक साताअघि कोलोराडोको एक अस्पतालमा भर्ना गरिएको थियो ।

नेपाली दुतावासले विहीवार नेपाली समुदायसँग आयोजना गरेको कन्फरेन्स कलमा कोलोराडोबाट यसको जानकारी गराइएको थियो ।

कोरोना भाइरस संक्रमणबाट अमेरिकामा मृत्यु हुने दोश्रा ती व्यक्तिका नाम भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित