शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

दूतावासमा टेलिफोन गर्दै नगर्नुस्ः राजदूत कार्की

दैनिक नेपाल २०७६ चैत २० गते ९:०७

टेक्सस । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले वासिङ्गटन डिसी स्थित दूतावासमा टेलिफोन गर्दै नगर्न भनेका छन् ।

‘दूतावासको टेलिफोन उठेन भनेर गुनासो नगर्नुहोला, इट इज इम्पोसिबल’, डा.कार्कीले आइतबार ड्यालसको आर्लिङ्गटनस्थित नेपाली युवाहरूलाई संबोधन गर्दै भने ।

उनले दूतावासमा एउटैमात्र टेलिफोन लाइन भएको र अमेरिकाभरि रहेका नेपालीहरूले कल गर्ने भएकाले टेलिफोनको विकल्पमा सूचना प्रविधिका अन्य विकल्पहरू प्रयोग गरेर दूतावासमा सम्पर्क गर्न आग्रह गरे ।

‘पत्रकारिता समाजको अभिन्न अंग हो र यसले समाजमा घट्ने अनेक घटना वा समाजका हरेक गतिविधी तथा सूचनाहरूलाई हामी माझ पस्कने गर्दछ’, उनले भने, ‘आफ्नो घर आंगन र बासस्थान छाडेर दूर देशमा आफ्नो भविष्य खोजिरहेकाहरुलाई थाहा हुन्छ कि प्रवाशको पीडा कस्तो हुन्छ भनेर ।’

प्रतिक्रिया
सम्बन्धित