शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

परीक्षणपछि मात्र किट प्रयोग

दैनिक नेपाल २०७६ चैत २० गते ७:४८

काठमाडौं, २० चैत । सरकारले कोरोना संक्रमणको नमुना परीक्षण गर्न ल्याइएका -यापिड टेस्ट–किटहरू स्वास्थ्य अनुसन्धान परिषद्बाट गुणस्तर अनुसन्धान गरेरमात्र वितरण गर्ने भएको छ। चीनबाट ल्याइएको ७५ हजार थान -यापिड किटका विषयमा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण गर्न लागेको हो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले मन्त्रालयले यसअघि चीनमा महामारी फैलिरहेकै बेला प्रयोग भएका र चीनले गुणस्तरीय ठानेका १७ कम्पनीमध्ये दोस्रो नम्बरमा रहेको कम्पनीबाट उत्पादन भएको किट लिएको दाबी गरेका छन्। ठूलो महामारी फैलिएका अवस्थामा तत्काल परीक्षण गर्न सरकारले खरिद गरेका किटहरूअहिले वितरण नगरिएको जानकारी दिँदै उनले भने, ‘तिनलाई गुणस्तर परीक्षणका लागि स्वास्थ्य अनुसन्धान परिषद् पठाइएको छ।’

चीनमा गुणस्तर कायम भइसकेको किट ल्याएको दाबी गर्दै उनले थपे, ‘नेपालमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यसको वास्तविकताबारे अनुसन्धान गरिरहेको छ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले -यापिड किटको परिणाम र संवेदनशीलता जाँच गरेपछि मात्र यो प्रयोगको लागि योग्य हुने श्रेष्ठले बताए। अध्ययन–अनुसन्धानबाट गुणस्तरहीन ठहर भएमा किट फिर्ता पठाउनसमेत तयार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहकार डाक्टर खेम कार्कीले बताए। ‘अध्ययनबाट गुणस्तर नभएको ठहर भए फिर्ता जान्छ,’उनले भने।

मंगलबार पत्रकार सम्मेलनकै क्रममा बजारमा जथाभावी कम्पनीबाट उत्पादित किटलाई जथाभावी शुल्क लिएर निजी प्रयोगशालाहरूमा प्रयोग भएको थाहा पाएपछि त्यस्ता किटको प्रयोगबाट बच्न मन्त्रालयले सूचना दिएको डाक्टर कार्कीले जवाफ दिए। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कोरोना संक्रमण महामारीको रूपमा फैलिएको अवस्थामा भरपर्दो भएमा मात्र यस्तो किटको प्रयोग गरिन्छ। यसअघि चीनसरकारले पठाउन लागेको किट पनि भरपर्दो नभएपछि नेपालले रोकेकोसमेत कार्कीको भनाइ छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित