बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सरकाराई छिद्र अन्वेसीहरू बाहेक सबैको साथ छ

भरत पोखरेल २०७६ चैत १८ गते १०:३२

भरत पोखरेल

समयले सबैलाई सँधै साथ दिँदैन। साथ दिएको बेला ब्यक्तिले मेसो पत्तो पाएन र लैबरी लै गरिराख्यो भने समयले नै उसको अनुहार लोपार्दिन्छ र समय आफू अघि बढ्छ। किनभने लाछिहरूलाई समयले कुरेर बस्दैन। समयको महत्व उसको गति र त्यसले ल्याउने परिवर्तनमा देखिने गर्छ। समयको स्वचालित अवसरले छोडेर गएपछि ब्यक्तिमा पछुतो पलाउँछ र समाजले उसको अनुहारमा नराम्ररी चिथरा लगाउँछ। पत्तै नपाइकन ब्यक्ती हिरोबाट जीरो वा कीरोमा परिणत हुन बेर लाग्दैन। देश यतिखेर लकडाउनमा छ। नागरिकहरू आआफ्ना घर झुपडीमै नजरबन्दको अवस्थामा छन्। र पनि जनता खुसी छन्।

एकान्तवासको पट्यारलाग्दो अवस्थामा पनि जनताहरू खुसी (राजी छन्। भलै उनीहरूको डँडाल्नुमा दिनको एउटाका दरले बिस्तारामा पल्टिँदा पल्टिँदा फोकै किन नौठोस! उनीहरूले यतिखेर सरकारले जे गरिराखेको छ हाम्रैलागि गरिराखेको छ भन्ने ठानिरहेका छन्। केही मगज बिग्रेका छिद्र अन्वेसीहरू बाहेक अधिकांश जनताको साथ छ यतिखेर सरकारलाई ! कोबिते रोगको कहरबाट जोगाउँछ भने यही सरकारले जोगाउँछ नभए मृत्युसँग सलेण्डर गर्नु बाहेक अरू कुनै उपाय छैन भन्ने ठान्दैछन् उनीहरू । यतिखेर सरकारले लकडाउन खोल्यो भने जनता आफैँ सरकारको विरोध गर्नेछन् किनभने कोवितेबाट जोगिन सेल्फ होम क्वारेटाइन नै अहिलेको उत्तम उपाय हो भन्ने कुरा बिस्तारै प्रमाणित हुँदै छ। सरकारको आदेशको बाध्यताले होस या मरी पो हालिन्छ कि क्या हो गाँठे! भन्ने त्रासले होस अथवा जिम्मेवार नागरिकको संस्कार जेले गर्दा होस नेपाली जनताले विगतको नाकाबन्दी यता यसरी अपूर्वरुपमा सरकारलाई साथ दिएको यो दोश्रो घटना बन्न पुगेको छ। मुलुक एकढिक्का छ यतिखेर ! संयोगै सही दुबै पटक देशको प्रधानमन्त्री पदको जिम्मेवारी सम्हाल्ने अवसर समयले केपी शर्मा ओलीलाई प्रदान गर्यो । सरकारका तर्फबाट कोरोना नियन्त्रणका लागि उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उच्चस्तरीय समितिको नेतृत्व गरिरहेका छन्। सो समितिमा रहेर सरकारका अन्य बिभागीय मन्त्रीहरूले भूमिका निर्वाह गरिरहेका छन्।

योगदान पुर्याइरहेका छन्। कोरोना नियन्त्रणका लागि केही दिन यता सरकारको कामले गति लिन लागेको महशुस हुन थालेको पनि छ जनतामा । यही बेलामा अन्त कतै अदृश्य आँखिझ्यालका टोड्काहरूबाट सरकारको कामलाई विवादित बनाउने कोसिस पनि भै नै रहेको आभाष मिल्दैछ। विवाद उछालेर उनीहरू चाहन्छन् (सरकार त्यतै विवादमा अल्झोस् र आफ्नो मिसन विचैमा अलपत्र छाडेर ग्वाँ गर्दै बाबा कि दुहाई गरोस। त्वमशरणम् गरोस्। बेलाबेलामा काँचै छाडिएको जाउलो अहिलेको प्रविधियुक्त जमानामा एकान्त बासमा छड्काउने कोसिस हुँदैनर भएको छैन भनेर विस्वास गरिहाल्न सकिँदैन। त्यसैले कमसे कम पनि पार्टिका नेता कार्यकर्ता यतिखेर एकढिक्का हुनु आवश्यक छ।

लडाइँका बेलामा कमाण्डरहरू ब्यारेकको क्वाटरमा बस्ने अनि सिपाहीँहरूलाई मात्रै लडाइँमा पठाउँदा लडाइँ जित्न मुस्किल पर्छ। कोरोना विरुद्धको यो लडाइँमा यतिखेर जर्नेल भने पनि कर्णेल भने पनि समितिका संयोजक नै हुन अनि उनको कमाण्डमा गठित टिम नै हो। यही टिमले प्रदेश र स्थानीय तहको कामलाईयो सवालमा प्रभावकारी बनाउनु पर्छ

जनताको जीउ धन जोगाउन यो बेलामा सरकारले कुनै कसर बाँकी राख्नु हुँदैन। यसको लागि समितिको सूचना संयन्त्र दरो र भर पर्दो बन्नु आवश्यक छ। ब्यवस्थापनको पाटो थप चुस्त र दुरुस्त बनाउनु आवश्यक छ। कोरोना सम्बन्धी घटनाको सोचना देशभित्रको आधिकारिक सूचना संयन्त्र मार्फत समितिले तुरुन्तै प्राप्त गर्ने ब्यवस्था मिलाउन आवश्यक देखिन्छ। टास्क फोर्स गठन गरेर समितिले काम सुरू गरिसकेको छ। यसले द्रुतरूपमा फिल्डमा कामको थालनी गरेको देखिएको पनि छ। परीक्षण र उपचारका क्रममा भोलि आउन सक्ने समस्या (लाई अझै चनाखो ढंगबाट हेरिनु आवश्यक छ।

जसले जे भने पनि यतिखेर रोग लाग्नै नदिनका लागि ठूलो औषधि भनेको जनतालाई अझै केही समय घरभित्रै राख्नु नै हो। यसमा बल प्रयोगको शैली होइन, कन्भिन्सिङको तरिका नै अबलम्बन गर्नु पर्छ। यो अभियानमा नेपाली सेना,प्रहरी र स्वास्थ्यकर्मीहरूलाई विशेष रूपमा उच्च मनोबल प्रदान गर्नु अवश्यक हुन्छ। उनीहरूले जुन जोखिम मोलेर अहिले जसरी काम गरिराखेका छन् त्यसलाई राम्रो तरिकाले सरकारको तर्फबाट संबोधन हुन आवश्यक हुन्छ। यतिखेर उनीहरूको कामको खुलेर प्रशंसा गर्न समिति चुक्नु हुँदैन। समितिका मान्छेहरू डाक्टर होइनन,नर्स होइनन् । उनीहरू योजनाकार हुन्, क्राइसिस मेनेज गर्ने कोरोना विरुद्धको लडाइँका टिम कमाण्डरहरू मात्र हुन् । अर्थात् म्यानेजर मात्र हुन् । उपचारको क्रममा जिन्दगी हत्केलामा राखेर कोबितेसित भिडने त स्वास्थ्यकर्मीहरू नै हुन् । सूरक्षाकर्मीहरू नै हुन् । यसका साथै समितिले सबै राजनीतिक दलहरूसँग कोरोना विरुद्ध आआफ्ना पार्टी संरचनाहरू परिचालन गरेर लकडाउनको कार्यलाई प्रभाकारी बनाउन सहयो गरिदिन अनुरोध गर्नु आवश्यक छ।

लडाइँका बेलामा कमाण्डरहरू ब्यारेकको क्वाटरमा बस्ने अनि सिपाहीँहरूलाई मात्रै लडाइँमा पठाउँदा लडाइँ जित्न मुस्किल पर्छ। कोरोना विरुद्धको यो लडाइँमा यतिखेर जर्नेल भने पनि कर्णेल भने पनि समितिका संयोजक नै हुन अनि उनको कमाण्डमा गठित टिम नै हो। यही टिमले प्रदेश र स्थानीय तहको कामलाईयो सवालमा प्रभावकारी बनाउनु पर्छ। प्रदेशले अनुगमन गर्न सक्छ। जनताले यही टिमलाई चिनेका छन् यतिखेर। अरू कसैलाई चिन्दैनन। यसले अन्य समन्वयका सथसाथै राजनीतिक समन्वयमा पनि चनाखो भएर अलिकता समय खर्चिनु आवश्यक देखिएको छ। के गर्नु ? लामो बाटो हिँडन अनेकौँ जोखिम मोलेर घरबाट निस्केको यात्रीले पनि बाटोमा ढुंगाको थानरदेउराली देखेमा सके फूल नभए ढुंगो भए पनि चढाएर हिँडने हाम्रो संस्कृति नै हो। लौ परमेश्वरी मैले जे सकेँ त्यो गर्दै छु, हिजो जेजे भए पनि आजका दिनमा हामी कोबितेसँग बलबुताले भ्याएसम्म लडदै छौँ। यहाँहरूको रचनात्मक सुझावका साथै सहयोग प्राप्त भैरहोस् भनेर साँझ ईश्वरले मन्दिर, मस्जिद, गुम्बा तथा चर्चका देउताहरूलाई एकेक फोन कल चढाउनु आवश्यक छ। आशा गरौँ त्यो कार्य भै नै रहेको होला। लामो समयसम्मको लकडाउनको अवस्थाले अब समाजमा अर्थ ब्यवस्था, उद्योग, पर्यटन, रोजगारी, भोक विरुद्धको लडाईँ तथा विकास निर्माणका कार्यसम्बन्धी क्षेत्रहरूमा गंभिर विचलन ल्याउन सक्छ। यसलाई उचित रुपमा संबोधन गर्न सरकार पछि पर्नु हुँदैन।

प्रतिक्रिया
सम्बन्धित