शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

काेराेनासँग बच्न वीस युवती लिएर विदेश बस्न गए राजा

दैनिक नेपाल २०७६ चैत १८ गते ६:५५

थाइल्याण्ड । थाइल्याण्डका राजा महा बजिरलंकन आफ्नो देशमा कोरोना भाइरसको महामारी फैलिएसँगै २० युवती र अरु दर्जनौँ दरवारीया कामदारहरूसहित जर्मनी पुगेका छन् ।

एक सयभन्दा ठूलो समूह उनको साथमा रहेको बताइएको छ । दक्षिणी जर्मनीको भव्य रिसोर्टमा उनी सेल्फ आइसोलेसनमा केही दिनदेखि बसिरहेको डेलीमेलले उल्लेख गरेको छ । ‘ग्रान्ड होटेल सोन्नेबबिक’ मा उनी बसेको अन्तर्राष्र्टिय मिडियाले जनाएका छन् ।

तर ६७ वर्षीय राजाले गत वर्ष मात्रै विवाह गरेकी चौथो पत्नी भने उनको टोलीमा छन् वा छैनन् भन्ने यकिन भइसकेको छैन । रामा पाँचौंको रुपमा पनि चिनिने थाइ राजा महाको उच्च विलाशी जीवनशैली हुनुका साथै उनको विवादास्पद छवि छ ।

उनले २०१९ मा आफ्नै अंगरक्षक महिलासँग चौथो पत्नीको रुपमा विवाह गरेका थिए । जर्मन ट्याब्लोइड ‘ब्लीड’का अनुसार राजाले जर्मनीको उक्त सिंगो रिसोर्ट नै आफ्ना लागि अग्रिम बुक गरिसकेका थिए ।

थाइल्याण्डमा कोरोना भाइरसको महामारी फैलिँदै गर्दा उनी जर्मनी पुगेको घटनालाई थाइ नागरिकहरुले आलोचना गर्न थालेका छन् । एक सय १९ सदस्यीय टोलीमा उनी सुटुक्क जर्मनी पुगेका थिए ।

मलेसियाका राजा र रानी कोरोनाबाट बच्न सेल्फ आइसोलेसनमा बसेपछि थाइ राजाको खबर बाहिरिएको हो । मलेसियाका राजा र रानी भने आफ्नै कार्यालयका कामदार संक्रमित भएपछि उनीहरू सेल्फ आइसोलेसनमा बस्न थालेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित