शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास बिक्री

दैनिक नेपाल २०७६ चैत १७ गते १६:१४

काठमाडौं, १७ चैत । कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिन्डर ग्यास बिक्री भएको छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीन दिनका अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्यांकानुसार शुक्रबार, शनिबार र आइतबार ८७ हजार ६३० सिलिन्डर बिक्री भएको जानकारी दिए ।

उनकाअनुसार आइतबार दिउँसो १ बजेसम्म उपभोक्तालाई भरी सिलिन्डर अर्थात् १४।२ किलोको दरमा वितरण गरिएको र १ बजेपछि आधा सिलिन्डर वितरण गरिएको थियो ।

शुक्रबार ३३ हजार ६५८, शनिबार १४ हजार १०८ सिलिन्डर र आइतबार ३९ हजार ८६४ सिलिन्डर ग्यास वितरण गरिएको उनले जानकारी दिए ।

औसतमा मासिक ३८ हजार टन ग्यास आयात हुँदै आएकामा मार्च महिना ९फागुन १८ देखि चैत १५० हालसम्मकै उच्च अर्थात् ४५ हजार टन ग्यास आयात भएको निगमले जनाएको छ ।

निगमले उपभोक्ताले अनावश्यकरुपमा ग्यासको मौज्दात राखेको भन्दै आइतबार अपराह्न १ बजेपछि आधा सिलिन्डरमात्र ग्यास वितरण गर्न उद्योगलाई निर्देशन दिएको छ ।

निगमको निर्देशनानुसार अपराह्नपछि आधा सिलिन्डरमात्र वितरण भएको ग्यास बिक्रेता महासंघले जनाएको छ ।

महासंघका कोषाध्यक्ष राजेश दाहालले सोमबारदेखि बजारमा ग्यासको सहज आपूर्ति भएको जानकारी दिए ।

‘पहिलाभन्दा हाल केही सहज भएको छ । तर, सबै ठाउँमा ग्यास पर्याप्तरुपमा पाइएको छैन’(उनले भने(‘नेपाल ग्यासको अभाव अझै देखिन्छ ।

उपभोक्ताको समस्यालाई ध्यानमा राखी नेपाल ग्यासले बालाजु औद्योगिक क्षेत्रबाट नै एक हजार सिलिन्डर ग्यास वितरण गर्ने भनेपनि उक्त संख्याको ग्यास धेरै माग भएका डिपोमा पठाउँदा उपभोक्तालाई सहज हुने उनले तर्क राखे ।

निगमले हजारौंंको संख्यामा ग्यास सिलिन्डर वितरण गरेको जिकिर गरेपनि सर्वसाधारणले भने अझै सहजरूपमा ग्यास पाएका छैनन् ।-रासस

प्रतिक्रिया
सम्बन्धित