शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएका बाबुरामको रिपोर्ट नेगेटिभ

दैनिक नेपाल २०७६ चैत १७ गते १५:२४

काठमाडौं, १७ चैत ।  कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उनको आइतबार मृत्यु भएको थियो ।

उनको नमुना परिक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको हो । उनमा कोरोनाको कुनै संक्रमण नदेखिएको अस्पतालले जनाएको छ ।

बाबुराम दुबइबाट चैत ६ गते नेपाल आएका थिए । दुबईबाट आउँदा नै सामान्य ज्वरो आएका क्षेत्री घर आइसकेपछि मेडिकल, स्वास्थ्यचौकी हुँदै चैत १३ गते बुटवल धागो कारखानास्थित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालमा पुगेका थिए।

प्रतिक्रिया
सम्बन्धित