बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पिरो राग आएपछि फर्काइएको स्वास्थ्य सामग्री बोकेको जहाज धनगढी उड्यो

दैनिक नेपाल २०७६ चैत १७ गते १४:१६

काठमाडौं, १७ चैत ।  सुदुरपश्चिमका लागि स्वास्थ्य सामग्री लिएर उडेर फिर्ता भएको नेपाली सेनाको जहाज फेरि धनगढीका लागि उडेको छ ।

उडिरहेको जहाजमा पिरो राग आएपछि जहाज बिहान फर्केर काठमाडौँ नै आएको थियो । जहाजमा क्लोरिनका कारण राग आएको पाइएको सेनाले जनाएको छ । जहाज फेरि गन्तव्य तर्फ लागेको छ ।

क्लोरिन झिकेर स्काई ट्रकहरू धनगढी र विराटनगर पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित