शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

स्थानिय अस्पतालले उपचार गर्न मानेनन्, काठमाडौँ ल्याउदै गर्दा बाटोमै गयो ज्यान

दैनिक नेपाल २०७६ चैत १७ गते १४:०३

काठमाडौं, १७ चैत ।   विरगञ्जका अस्पतालले एक युवाको उपचार गर्न नमान्दा ज्यान गएको छ । स्थानिय अस्पतालले उपचार गर्न नमानेपछि काठमाडौं ल्याउने क्रममा बारा कलैया नगरपालिका वडा नम्बार २२ का २५ वर्षीय विजय कुशवाहको ज्यान गएको हो ।

कोरोना आशंकामा स्थानिय अस्पतालले उनलाई उपचार गर्न नमानेका हुन् । खुट्टामा चोट लागेका उनि उपचारका क्रममा अस्पताल पुगेपछि उनमा ज्वरो लगाएतका कोरोनसंग मिल्दाजुल्दा लक्षण देखिएको थियो ।

वीरगञ्जको नेसनल मेडिकलमा उपचार गरिरहेका उनि त्यहाँबाट जबरजस्ती निकालिएका थिए । अन्य अस्पतालले पनि उनलाई भर्ना लिन नमानेपछि काठमाडौं ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित