शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रहेनन् अब त्रिवि मैदानका ‘सेते दाइ’

दैनिक नेपाल २०७६ चैत १७ गते ११:३२

काठमाडौं, १७ चैत । कीर्तिपुरस्थित त्रिबि अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङ ‘सेते दाइको निधन भएको छ।

मिर्गौलामा समस्या देखिएपछि उपचारका क्रममा रहेका कीर्तिपुर मैदानमा काम गर्ने ‘सेते दाइ’ को निधन भएको हो ।

गएको फागुन २८ गते मिर्गालामा समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । मृगौला रोगबाट पीडित ५३ वर्षे तामाङको वीर अस्पतालबाट ललितपुरको लेलेस्थित घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

झण्डै १५ वर्ष कीर्तिपुर क्रिकेट मैदानमा स्टाफका रुपमा काम गरेका उनको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग पनि उठेको थियो । गत फागुन २३ गते राती त्रिबि मैदानमा सुतिरहेका उनको राति १ बजे पिसाब रोकिएपछि मैदानका अन्य कर्मचारीले सानेपास्थित स्टार अस्पताल र्पुयाएका थिए।

त्यसपछि उनको विर अस्पतालमा रेफर गरेर उपचार चलिरहको थियो । अन्तिम अवस्थामा डाक्टरहरुलेसमेत हार खाएर उनलाई घर फिर्ता गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित