बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

दैनिक नेपाल २०७६ चैत १७ गते ९:४९

काठमाडौं, १७ चैत । नेपाल लाइफ इन्स्योरेन्सले कोरोना भाइरसका कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा सबैले आफू लगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरू अवलम्बन गर्न अपरिहार्य रहेको छ ।

यस परिस्थितिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले Maturity Claim र Claim Intimation अनलाइन सेवा संचालनमा ल्याएको हो ।

Maturity Claim सेवामार्फत बीमितहरूले बीमा लेख Maturity हुने समयावधीको जानकारी लिन सक्नेछन् । यस सेवामा Maturity को समय पुगेका बीमितहरूले  बीमा लेखको Maturity Claim को प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट Maturity Claim को प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी Claim Intimation सेवा अन्तर्गत दावीकर्ताहरूले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित