शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बुटवलकाे आइसोलेसनमा बसेका बेला मृत्यु भएका व्यक्तिकाे शव उठेन

दैनिक नेपाल २०७६ चैत १७ गते ७:०५

बुटवल, १७ चैत । बुटवलमा आइसोलेसनमा रहँदा आइतबार बिहान मृत्यु भएका व्यक्तिकाे शव उठाइएकाे छैन ।

रुपन्देहीकाे सैनामैना नगरपालिका–४, सिसौडाँडाका ३७ वर्षीय बाबुराम थापाको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियाे । मृत्यु भएकाे १० घण्टा भइसक्दा पनि उनकाे शव नउठाइएकाे हाे ।

काेराेना भाइरसकाे शंका लागेर उनी आइसोलेसनमा भर्ना गरिएका थिए । काेराेना सर्ने डरले काेही पनि शव नजिक जान मानेका छैनन् ।

उनकी श्रीमती रीता थापाले समेत कसैबाट कुनै खालकाे सहयाेग पाएकी छैनन् । मृतक थापका परिवारलाई समेत अहिलेसम्म क्यारेन्टाइनमा राखिएको छैन् ।

रीतालाई भने सैनामैनामा निर्माण गरिएको क्यारेन्टाइनमा राखिने अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले जानकारी दिएका छन् ।

बाबुरामकाे मृत्युबारे अस्पतालले केही बोलेको छैन । उनको रगतको नमूना संकलनका लागि पठाइएको र हालसम्म नजिता नआएको अस्पताल स्राेतले बताएको छ ।

उनी दुबईबाट १० दिनअघि मात्र नेपाल आएका थिएको छ ।

प्रतिक्रिया
सम्बन्धित