८ मंसिर २०८३, मंगलबार

‘लकडाउन’ लम्बिँदै, औपचारिक निर्णय गर्न ४ बजे मन्त्रिपरिषद् बैठक

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १६ चैत । सरकारले देशव्यापी ‘लकडाउन’लाई लम्ब्याउने भएको छ ।

‘लकडाउन’लाई लम्ब्याउने सम्बन्धी औपचारिक निर्णय गर्न आज ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । थप दुई हप्ता ‘लकडाउन’ लम्बिने स्रोतले बताएको छ । यसअघि सरकारले चैत १८ गतेसम्मलाई लकडाउनको निर्णय गरेको थियो । आजको मन्त्रिपरिषद् बैठकमा राहत प्याकेजका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक अहिले सिंहदरबारमा जारी छ । यसलगत्तै मन्त्रिपरिषद् बैठक हुनेछ ।