
जाजरकोट, १६ चैत । छेडागाड नगरपालिका ११ का वडाध्यक्षमाथि निर्घात कुटपिट भएको छ ।
शनिबार बेलुका घर फर्कने क्रममा अपरिचित समूहले वडाध्यक्ष चक्रबहादुर सिंह माथि कुटपिट गरि हात खुट्टा भाँचिदिएका हुन् । उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको छ ।
भारतलगायतका मुलुकबाट भर्खर गाउँ पुगेका मानिसलाई होम क्वारेन्टाइनमा राख्न र आवश्यक तथ्यांक संकलनमा जुटेका अध्यक्ष सिंहमाथि आक्रमण भएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया