८ मंसिर २०८३, मंगलबार

कोरोना पुष्टि भएकी वाग्लुङकी युवतीको अवस्था सामान्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत ।  कोरोना संक्रमण पुष्टि भएकी बाग्लुङकी १७ वर्षीया किशोरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले उनको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमित किशोरीको अवस्था सामान्य रहेको र आत्तिनु पर्ने अवस्था नरहेको र आइसोलेसनमा राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

बेल्जियमबाट नेपाल आएकी उनीको स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनि गत चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया काठमाडौंकी युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।