काठमाडौं, १६ चैत । कोरोना भाइरसको परीक्षण गर्ने चिनियाँ सामग्री किटसहितको उपचार उपकरण निर्यात योग्य नभएको भन्दै बीचबाटो मै रोकिएको छ ।
दुई हजारलाई परीक्षण गर्न सक्ने किटको साथै उपचारको सामाग्री बीच बाटोमा रोकिएको हो ।
गत बुधबार बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले ३५ लाख रुपैयाँ बराबरको उक्त उपचार समाग्री बेइजिङस्थित नेपाली दूतावासलाई उपलब्ध गराएको थियो । कार्यबाहक राजदूत सुशील लम्सालले उक्त सामाग्रि बुझे लगत्तै नेपाल पठाउने प्रक्रिया अघि बढाएका थिए ।
किट तिब्बत पुगिसकेको जानकारी बेइजिङस्थित नेपाली दूतावासले दिए पनि के कारणले रोकिएको बताएको छैन। युरोपबाट चिनियाँ किट फर्केको समाचार आइरहेको अवस्थामा चीन सरकारले नै तिब्बतमा उक्त सामाग्री रोकोको हो ।
यो किटले ३० प्रतिशत मात्र उपयोग भएको भन्दै यसप्रकारको किट उपयोग नगर्ने भनेर स्पेनले फिर्ता गरिदिने निर्णय लिएको थियो ।
इटाली, स्पेन र चेक गणतन्त्रले समेत केही यस्ता किटलाई फिर्ता गर्ने निर्णय लिएकाले चीन आफै सजक बनेको एक अधिकारीले बताए। यद्यपि यो विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएको छैन ।











प्रतिक्रिया