३० आश्विन २०८३, शुक्रबार

अस्ट्रेलियामा एकै परिवारका २ जनासहित ६ जना नेपालीमा कोरोना संक्रमण

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १५ चैत । अस्ट्रेलियाको सिडनीमा ४ जना र मेलबर्नमा २ जना गरी ६ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सिडनीमा ३ जना विद्यार्थी र १ जना नर्सिङ होममा काम गर्ने साहयक नर्समा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु अहिले आइसोलेसनमा रहेका जनाइएको छ ।

ग्रान्भिलमा बस्ने एक जनामा कोरोना देखिएपछि सँगै बस्ने अन्य २ जनामा पनि देखिएको बताइएको छ ।

त्यस्तै, मेलबर्नमा पनि एकै परिवारका तिनजनाको कोरोना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।