८ मंसिर २०८३, मंगलबार

इटहरी उपमहानगरकी उपमेयर गौतम भन्छिन्- मैले फूर्सद लिने बेला होइन

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १५ चैत । इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले मेयर द्वारिकलाल चौधरीको अनुपस्थितिमा कार्यवाहक जिम्मेवारी चलाएकी थिइन् ।

उपमेयर भएका कारण जिम्मेवारी गहिरो छ । उनी निरन्तर लक डाउन व्यवस्थित बनाउन र कोरोना भाइरस संक्रमण जोखिमबाट नगरवासीलाई जोगाउने चेतना, लागि हालेको आशंका भए क्वारेन्टाइनमा राख्ने व्यवस्थापनलगायतका काममा खटिएकी छन् ।

यसैको तयारीबारे उनले केही जानकारी पनि दिएकी छन् । इटहरीको तयारीबारे उपमेयर गौतम भन्छिन्, ‘नागरिकको सुरक्षा नै स्वस्थ्य नगरको पहिचान हुनेछ । यो संकटको अवस्थामा निरन्तर खट्नु एउटा जनप्रतिनिधिको असली जिम्मेवारी पनि हो ।’

सय जना स्वास्थ्यकर्मीलाई परिचालन गरिएको जानकारी दिएकी उपमेयर गौतमले विभिन्न प्रशासनिक संयन्त्रसँगको सहकार्यमा काम भएको विवरण सार्वजनिक गरेकी छन् ।

२ सय भन्दा बढी बेडको क्वारेन्टाइन निर्माणको लक्ष्य गरिएको उनले जनाइन् । जसमा ६३ वटा तत्काल निर्माण सम्पन्न भएको र हालका लागि सय वडा बेड निर्माणको तयारी जारी रहेको जनाइएको छ ।

कुनै राजनीतिक पूवाृग्रह विना नै संकटका बेलामा सहमति र सहयोगको भावनामा विविध दल, उद्योग वाणिज्य संघ, संघसंस्थाको सहयोग रहेको उपमेयर गौतमले उल्लेख गरेकी छन् ।

यस्ता सहकार्यले जनप्रतिनिधिलाई काम गर्न उर्जा मिलेको बताएकी उनले आफू यतिबेला फुर्सदमा बस्ने बेला नभएको बताउँछिन् । उनले लेखेकी छन्, ‘यो बेला नागरिकको स्वास्थ्यका लागि हामी अहोराब खट्ने बेला हो, फुर्सदमा बस्ने बेला होइन ।’

माइकिंगदेखि चेतनाका निम्ति नगरका हरेक वडा र टोलमा काम गरिरहेको जनाएकी उनले भनेकी छन्, जनताको माया र विश्वास भएसम्म मलाई केही हुँदैन ।

उपमेयर गौतमले यो संकटका बेला आफ्नो स्पर्धा आफूभन्दा बाहेक अरु कोहीसँग नभएका कारण जनताको स्वास्थ्य र स्वस्थ्य इटहरीका लागि भएको पनि उल्लेख गरेकी छन् ।