शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

लक डाउनभित्र ‘माइला बा’को स्वर्गयात्रा कर्म 

विनोद ढकाल २०७६ चैत १४ गते १०:५४

-विनोद ढकाल

मेरा माइला बा तथा नेपाल ज्योतिष परिषद प्रदेश १ का महासचिव ध्रुवप्रसाद ढकालको अल्पायुमा नै ३ चैतमा निधन भएका कारण उहाँको १३ औं दिनको पुण्य कर्मका लागि यतिबेला इटहरीमा छु । ५३ बर्षको उमेरमा उहाँको ३ चैतमा निधन भयो ।

उहाँको स्वर्गमा बास होस् भनेर हामी परिवारका सदस्य कर्ममा जुटेका छौं । यो कर्म १३ दिनसम्म निरन्तर गरेको खण्डमा माइला बा स्वर्ग पुग्ने विश्वास हामीलाई छ । त्यसो त कसैलाई कुनै पनि प्रकारको दुख नदिएका र प्रखर ज्योतिष भएका कारणले पनि उहाँको स्वर्ग यात्रा स्वतः तय छ । तर, त्यसका व्यवाधानचाहिँ धार्मिक हिसाबले नै हाम्रा कर्ममार्फत सहज हुन्छन् भन्ने विश्वासको जडसूत्र बन्दी बन्नु स्वभाविक प्रक्रिया हो । मान्नैपर्छ ।

धार्मिक प्रक्रियाका धेरै अर्थ वैज्ञानिक पनि छन्, यसका विविध आयामलाई केलाउँदा । हामी माइला बाको आत्मालाई त्यो नदेखिएको स्वर्गको यात्रामा प्रवेश गराउँदैछौं, कर्मको विश्वासमा ।

यस्तो कर्म गर्दा जीवनभर मायला बाले कमाएका व्यक्तिको आगमन स्वभाविक हुने नै भयो । तर समय अस्वभाविक छ । यति बेला मान्छे भेला पार्ने, भिँड जम्मा गर्ने बेला होइन । कोरोना भाइरसको विश्व महामारीको भुँमरीमा नेपाल पनि परेको हुनाले त्यसबारे सचेतना अपनाउने जिम्मेवारी एकातिर, पारिवारिक कर्म समन्नको कार्यबोध अर्कातिर छँदै छ ।

यी दुवै काम उत्तरदायी ढंगबाट अघि बढाइरहेका छौं ।

स्व. ध्रुवप्रसाद ढकाल

धार्मिक कर्मका निम्ति यतिबेला परिवारका सबै सदस्य भेला भएका छौैं । सेनिटाइजरको प्रयोग, नित्य कर्ममा डिटोलदेखि अनेक सुरक्षित चिजको प्रयोग गरिरहेका छौं । एकअर्कासँगका कुराकानी केही दूरीमा रहेर गरिरहेका छौं । कर्मका लागि भाई र बहिनी धार्मिक क्वारेन्टाइनमै छन् । कतिपय विधि पुराउन सकिएको छैन, राज्यको निर्देशन र आग्रहमा आफ्नै स्वास्थ्यबारे चिन्तित हुँदा । तैपनि सकभर सुरक्षित भएर, शैक्षिक भएर नै काम गरिरहेका छौं ।

लक डाउनका बेला यात्रा सम्भव छैन । हामी आम जनता जहाँ बसेका छौं, त्यहि सुरक्षा अपनाउने हरप्रयासमा छौं । हामी स्वर्ग या नर्क जाने भन्ने निर्णय कुनै कोरोना भाइरसलाई गर्न नदिने युद्धका लागि जहाँको त्यहिँ सुरक्षित हुनुपर्ने अवस्थाचाहिँ यहि समय बनिदियो ।

विज्ञान र धर्मबीच खासै अन्तर रहेनछ । तिनले दिने व्यवाहारिक ज्ञानका विविध पक्ष समान छन् । जसले यसको व्याख्या गरिदिए तिनले अपनाउन बाध्य पारिएको व्यवाहारिक पक्षमा केही कमजोरी रहेको खुट्याउने यो मौका बन्यो । जो कर्मका लागि शुद्ध भएर बसेका छन् ति धार्मिक हिसाबले कर्म र वैज्ञानिक हिसाबले क्वारेनटाइनमा छन्

कतिपय आफन्तले माइला बाको मृत्यु कर्ममा आफ्ना समवेदनाका अक्षर कोरे पनि शव्द सुनाउने मौका पाएका छैनन् । यो कठोर समयको पावन्दीलाई हामीले बुझेका छौं । तर हामी विश्वासको कसीमा उभिएका कारणले यसै बस्न मिल्दैन पनि ।

हामी निरन्तर १३ दिनको कर्मका लागि प्रत्येक दिनका हरेक निमेषका महत्वसँग साक्षात्कारमा छौं । हामी त्यो अलमलमा छैनौं जसले माइला बाको सुरक्षित, व्यवधानरहित स्वर्गयात्रामा कुनै अलमल होस् ।

विज्ञान र धर्मबीच खासै अन्तर रहेनछ । तिनले दिने व्यवाहारिक ज्ञानका विविध पक्ष समान छन् । जसले यसको व्याख्या गरिदिए तिनले अपनाउन बाध्य पारिएको व्यवाहारिक पक्षमा केही कमजोरी रहेको खुट्याउने यो मौका बन्यो । जो कर्मका लागि शुद्ध भएर बसेका छन् ति धार्मिक हिसाबले कर्म र वैज्ञानिक हिसाबले क्वारेनटाइनमा छन् ।

जो मलामी पुगेर आएका थिए तिनले नुहाउनुपर्ने बाध्यता भनेको शरिरमा रहेका किटाणु, जीवाणुको प्रभाव रोक्नुपनेृ भन्ने वैज्ञानिक अर्थमा बाँचिदिए । जो भेटघाट र समवेदनाका निम्ति उपस्थित भइदिए, तिनिहरु परिवारका सदस्य भन्दा केही पर छन् जसलाई अहिले आएको महामारीविरुद्ध अपनाउनुपर्ने विश्व स्वास्थ्य संगठनले जारी गरेको नियम थाहा नहुँदा नहुँदै पनि मानिदिए ।

हामी परिवारका सदस्य जति छौं, जो हरेक दिन शुद्धतामा बसेका छौं, त्यो सरकार, स्वास्थ्यकर्मी, विश्वभरका विज्ञले अपनाउन भनिएको सुरक्षाको पूर्ण उपयोगमा नै रहेका छौं । हामी कसैको संसर्गमा पुग्न हुनन, धर्मले भन्छ । यो कर्मले भन्छ । सरकार अहिले त्यहि भनिरहेको छ ।

यसर्थ, अझ धेरै सुरक्षाका समानता छन् । यी समानताको बीचमा रहेर हामी निरन्तर माइला बाको मृत आत्माको चिर शान्तिको कामना गर्दै स्वर्गको बाटो सहज बनाइरहेका छौं । सायद, यो यात्राको निरन्तरतामा माइला बाको आत्मा अघि बढिरहेको पनि होला ।

विश्वभर अहिले महामारीभित्र परेर कतिपयले ज्यान गुमाएका छन् । यो असावधानीको उपज हो । हामी जसरी सावधानीमा जानी नजानी धार्मिक र वैज्ञनिक कर्म गरिरहेका छौं, यस्तो नियतीका बेला सजगता अपनाउनेपर्छ । माइला बालाई श्रद्धा सुमन दिँदै गर्दा पनि स्तब्ध रहेको म र मेरो परिवार विश्वमा निम्तिएको शोकका घडीमा अझ स्तव्ध छौं । आम मानिस, खासगरी नेपाली समुदायलाई सुरक्षामा रहेर सरकारको अपिल मानिदिन अनुरोध गर्दै भन्छु, लक डाउन मानिदिऔं, सुरक्षित बनिदिऔं ।

प्रतिक्रिया
सम्बन्धित