शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सन्दीप लामिछानेले कोरोना उपचार कोषमा १ लाख सहयोग गर्ने

दैनिक नेपाल २०७६ चैत १३ गते २१:०३

काठमाडौँ, १३ चैत । नेपाली क्रिकेटर सन्दीप लामिछानले कोरोना उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले सरकारले हालै बनाएको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १ लाख रुपैयाँ योगदान गर्ने भएका हुन् ।

बिहीबार साँझ सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् । उनले आवश्यक परेकाहरुलाई नभुल्न र आफूलाई सु्रक्षित रहन पनि अपील गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित