शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

विश्व नै महामारीसँग लडिरहेको बेला मेरो तर्फबाट देशलाई सानो सहयोग

विश्वम्भर घिमिरे २०७६ चैत १३ गते १०:११

काठमाडौं, १३ चैत । हुनत देशका लागि यो सानो रकम हो यद्यपी एउटा नागरिकका हिसाबले देशमा बिपत अवस्था आइलागेको यो घडीमा सहयोगी बन्न सक्नु नै महानता हुन सक्छ त्यसैले यो पूण्य कार्यमा आफ्नो बुताले भ्याएसम्म सहयोग गर्न अपिल गर्दछु ।

सरकारले कोरोना भाइरस विरुद्धको अभियानको सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारको खाता नं.१९६०००००११०१ मा जम्मा गर्न आव्हान गरिसकेको छ । तर उक्त खाता को बिस्तृत विवरण प्राप्त नहुदा अनलाइन डिपोजिट गर्नको लागि अफटेरो परेको अवस्था छ।

कनेक्ट आइ पी एस अथवा अनलाइन बैंक ट्रान्सफर तथा विदेश बाट पनि रकम पठाउनका लागि चाहिने सम्पूर्ण विवरण राख्न सकेको खण्डमा सहयोग गर्न चाहने हजारौँ महानुभाबले घरमा बसी बसी उक्त खातामा आफूले घोषणा गरेको रकम जम्मा गर्न सक्ने थिए। त्यसैले म सरकारलाई अनलाइनबाट बाट डिपोजिट गर्न सक्ने सम्पूर्ण विवरण राख्न अनुरोध गर्दछु ।

हालसम्म उक्त खातामा राष्ट्रपति विद्या भण्डारी, सभामुख अग्नि सापकोटा, मन्त्रि परिषद लगायत सयौँ सर्बसाधारणले योगदान गर्ने घोषणा गरिसक्नुभएको छ ।

(सरकारले कोरोना भाइरस विरुद्धको अभियानको सहयोगका लागि भनेर घोसषा गर्नु अगाबै विश्वम्भर घिमिरेले आफ्नो तर्फ़ बाट १ लाख रुपैँया यो घडीमा सहयोग गर्ने घोसषा गरि सक्नु भएको थियो । घिमिरेले संकट चरम बिन्धुमा पुगेको खण्डमा काठमाडौँ ३० डिल्लीबजार स्थित आफ्नो ५ तले सम्पूर्ण घर क्वारेन्टाइनका लागि सरकारलाई उपलब्ध गराउने घोषणा गर्नु भएको छ । हाल उक्त घर अफिस तथा सुविधासम्पन्न होटेलको रुपमा प्रयोग भएकोले क्वारेन्टाइनका लागि उपयुक्त हुने बताउनु भएको छ । विश्वम्भर घिमिरे हाल नेपाल भ्रमण वर्षको सचिबालयमा कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । साथै क्यानाडा बाट पब्लिक पोलिसीमा मास्टर सकेर बिगत ३ वर्ष देखि नेपालमा रही काम गरि रहनु भएको छ भने त्रिभुवन बिश्वबिधालय बाट बिद्याबारिधि गरिरहनु भएको छ ।)

प्रतिक्रिया
सम्बन्धित