बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

मृत्युको ग्राफ अनि जीवनको लय

नरेश बराल २०७६ चैत १२ गते १६:२८

-नरेश बराल
काठमाडौँ । विज्ञान र प्रविधिको वर्तमान युगमा विज्ञानलाई नै चुनौती दिँदै कोभिड १९ कोरोना भाइरसको त्रासदी भूसको आगोजस्तो विश्वभर फैलिँदैछ । यसैक्रममा अनेकन अडकलबाजी, अर्धसत्य अफवाहले बजारमात्रै होइन हाम्रो मथिंगल पनि तताउँछन् ।

यसले झनै विकराल रुप लिन्छ, अनियन्त्रित भैसक्यो, मानव सभ्यता ध्वस्त हुन्छ जस्ता विचारहरुमा अति रञ्जना थपेर केही व्यक्तिहरु आफ्नो स्वार्थको रोटी सेकीरहेका पाइन्छन् । त्यसो त यसलाई सामान्य रुपमा लिनुपर्छ भन्ने मेरो आशय पक्कै होइन ।

कोभिड १९ कोरोना भाइरस आफैँमा चुनौतीपूर्ण छ, एउटा समस्या हो । यो लेख लेखीरहँदा विश्वभरका करिब ३ लाख मानिस यस भाइरसबाट ग्रसित छन् भने १९ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

यस विषम घडीमा होसियार बनौँ, सुरक्षित रहौँ र सचेत हौँ । हामी मृत्युको ग्राफ हेर्छौँ र आतिन्छौँ अनि जीवनको लय बिगार्छाैँ ।  याे हामी सबैकाे मानवीय कमजाेरी हाे । नेपालको सन्दर्भमा आज लकडाउनको दोस्रो दिन शान्त र सौहार्दसँग घरमा बसौँ ।

यति हुँदाहुँदै पनि सारा विश्व नै एक भएर जसरी रोकथाम र नियन्त्रणको प्रयासमा लागेको छ । त्यसले हरेक बादलमा हुने चाँदीको घेरालाई संकेत गर्दछ ।

यस विषम घडीमा होसियार बनौँ, सुरक्षित रहौँ र सचेत हौँ । हामी मृत्युको ग्राफ हेर्छौँ र आतिन्छौँ अनि जीवनको लय बिगार्छाैँ ।  याे हामी सबैकाे मानवीय कमजाेरी हाे । नेपालको सन्दर्भमा आज लकडाउनको दोस्रो दिन शान्त र सौहार्दसँग घरमा बसौँ ।

संसारको घच्चाघमसान भागदौडलाई भुलेर पारिवारिक वातावरणमा रमाउने कोसिस गरौँ । आफ्नो अन्तर्मनको आवाज सुनौँ । यो एउटा अवसर बन्नेछ ।

प्रतिक्रिया
सम्बन्धित