सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

मुलुकभर १ लाख ३० हजार क्‍वारेन्टाइन निर्माण गरिँदै

दैनिक नेपाल २०७६ चैत १२ गते १८:५८

सरकारले मुलुकभर १ लाख ३० हजार क्वारेन्टाइन बनाउने भएको छ ।

कोभिड–१९ विरुद्ध क्‍वारेन्टाइन स्थल निर्माण र व्यवास्थापन कार्यदलका संयोजक एवं पर्यटनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार देशभर करिब १ लाख ३० हजार क्‍वारेन्टाइन निर्माणको तयारी भइरहेको बताए ।

संघीय सरकारले ५ हजार क्‍वारेन्टाइन, सबै प्रदेश सरकारले २/२ हजार, ६ वटा महानगरपालिकाले २/२ हजार, उपमहानगरपालिकाले १ हजार ७७ जिल्ला मध्ये हिमाली जिल्लाले ५ सय, पहाडी जिल्लाले १ हजार र तराईका जिल्लाले २/२ हजार क्‍वारेन्टाइन निर्माणको तयारी भएको मन्त्री भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित