बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन हुने

दैनिक नेपाल २०७६ चैत १२ गते ९:३७

काठमाडौं, १२ चैत । सरकारले बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले अत्याश्वक खाद्य वस्तु राखिएका पसल बुधबारबाट दिउँसो पनि खोल्न निर्देशन दिइएको बताए ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले गरेको निर्णयमा खाद्यान्नसम्बन्धी सामग्री कुन समयमा बिक्री गर्न पाइने भन्ने विषयमा व्याख्या नगरिएका जसकारण सर्वसाधारण र पसल सञ्चालकमा अन्यौलता सिर्जना भएको थियो ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत लगायत कारोबार गर्ने पसलहरू बन्द नहुने बताउँदै सदा झैँ निर्वाद सञ्चालक गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित