शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अष्ट्रेलियामा अमित कार्कीकाे मृत्यु

दैनिक नेपाल २०७६ चैत १२ गते ९:३४

सिड्नी । अस्ट्रेलियामा एक नेपालीको मृत्यु भएको छ । गत साता एक बारमा ग्याङ फाइट हुँदा घाइते भई सिड्नीस्थित सेन्ट जर्ज अस्पतालमा उपचार गराइरहेका अमित कार्कीको बुधबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार गत २१ मार्चमा मदिरा सेवन गरेका युवाको दुई समूहबीच कुटाकुट हुँदा कार्की गम्भीर घाइते भएका थिए । कार्कीसँगै २४ वर्षीय युवा पनि घाइते भएका थिए ।

घटनामा अरु चार नेपालीलाई पक्राउ गरिएको सिड्नी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित