शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

उपत्यकामा ट्राफिकको शून्य कारबाही

दैनिक नेपाल २०७६ चैत १२ गते ६:५५

काठमाडाैं, १२ चैत । कोरोना संक्रमण रोकथामका लागि लक डाउनको पहिलो दिन काठमाडौं उपत्यकामा ट्राफिक उल्लंघनका घटना देखिएको छैन । केहीले सवारी साधन चलाए पनि ट्राफिक प्रहरीले सम्झाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले उपत्यकामा शून्य कारबाही भएको र केहीलाई सम्झाइबुझाइ गरिएको जानकारी दिए । ‘ट्राफिक उल्लंघनको घटना नभएकाले हामीबाट कुनै कारबाही भएको छैन ।’ उनले भने ।

महाशाखाका प्रमुख ढकालले कतिपय सर्वसाधरणले कुनै टोलमा सवारी चलाएमा आफैं फोन गरेर जानकारी दिएको समेत बताए । ‘सर्वसाधरण आफैंले फोन गरेर मोटरसाइकल चलाएको जानकारी दिनुभएको छ, १०३ मा हामीलाई आज ६-७ वटा फोन आएका छन्,’ उनले भने ।

ढकालले सबै मिलेमा मात्र कोरोनाको रोकथाम गर्न सकिने भएकाले कसैलाई पनि घरबाहिर ननिस्कन र सवारी साधन नचलाउन आग्रह समेत गरे । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित