शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

दैनिक नेपाल २०७६ चैत ११ गते १९:२०

काठमाडौँ, ११ चैत । अमेरिकामा कोरोना संक्रमणबाट ५० वर्षीय एक नेपालीको मृत्यु भएको छ ।

न्यूयोर्कको अस्पतालमा उपचारका क्रममा पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको आज विहान मृत्यु भएको जनाइएको छ । १५ वर्षअघि अमेरिका पुगेका सुब्बा छोरा र छोरीका साथमा बस्दै आएका थिए ।

कोरोना संक्रमणबाट अमेरिकामा नेपाली मूलका नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि बेलायतमा एक नेपालीको मृत्यु भएको थियो ।

सुब्बा मधुमेह र उक्त रक्तचापका रोगी थिए ।

प्रतिक्रिया
सम्बन्धित