
काठमाडौं, ११ चैत । कोरोना संक्रमणको आशंकामा भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो ।
उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।
उनको रिपोर्ट आउन भने बाँकी छ ।











प्रतिक्रिया