
काठमाडौं, ११ चैत । विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठक आज बस्दै छ ।
सिंहदरबारमा दिउँसो २ बजे बस्ने बैठकमा कोरोना न्यूनिकरण तथा रोकथामका लागि अगामि दिनमा चाल्नुपर्ने कदमका विषयका छलफल हुनेछ ।
नेपालमा पनि कोरोनाको महामारी फैलन सक्ने आशंकामा सरकारले आजबाट हप्तादिनको लागि देशैभर लकडाउन जारी गरेको छ ।
नेपालमा अहिलेसम्म दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा एक जना निको भइसकेका छन् भने एक युवती उपचाररत रहेकी छिन् ।











प्रतिक्रिया