८ मंसिर २०८३, मंगलबार

७७ जनाबाट तीन करोड ‘ठगेर’ फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । रुपन्देहीका एक व्यापारी विभिन्न व्यक्तिबाट तीन करोड ठगी गरि फरार भएका छन् ।

सैनामैना नगरपालिका–४ मुर्गियाका ५० वर्षीय उत्तमबहादुर श्रेष्ठ ७७ जनाबाट तीन करोड ठगी गरि फरार भएका हुन् । उनले विभिन्न बहानामा लिएको दुई करोड ९५ लाख रुपैयाँ नतिरी घर र पसल बेचेर परिवारसहित भागेका हुन् ।

मुर्गिया बजारमा दुई वटा पक्की घर, फेन्सी र फलफूल पसल भएका श्रेष्ठले विभिन्न व्यक्तिबाट ५० हजारदेखि २५ लाख रुपैयाँसम्म रकम लिएका थिए ।