८ मंसिर २०८३, मंगलबार

विदेशमा रहेका नेपाली नेपाल फर्कन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । विदेशमा रहेका नेपाली स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट परेको छ । सिमानाका र अन्तराष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो ।

अधिवक्ता मिना बस्नेत र माधव बस्नेतले रिट दायर गरेका हुन् । नेपाल सरकारले आफ्ना नागरिक विपद्मा रहेका बेला सरकारले अविभावकत्व निर्वाह गर्नुपर्ने रिटमा उल्लेख गरिएको छ ।

नेपाली नागरिका वेवास्ता गर्दै विदेशमा रहेका नेपाली सरकारले असंवेदनशिल र गैरकानूनी व्यवहार देखाएको उनिहरुको भनाई रहेको छ ।

विभिन्न स्तरका निकायहरूले एकान्तवासको लागि सुरक्षित स्थानहरू बनाइरहेका, होटल व्यवसायीहरू, संघ-संस्था र नागरिकहरूले सरकारलाई सहयोग गरी होटल, भवन तथा निवासहरू दिई सहयोग गर्ने प्रतिवद्धता जनाएको बेला विदेशमा रहेका नेपालीहरूलाई उतै असुरक्षित राख्नु पर्ने आवश्यकता नभएको पनि रिटमा भनिएको छ।