८ मंसिर २०८३, मंगलबार

लकडाउन उल्लंघन गरे ६ महिना कैद

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । सरकारले लकडाउनका समयमा नेपालीहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक लगाएको छ । सरकारको निर्देशनविरुद्व लकडाउन उल्लंघन गर्नेलाई ६ महिना कैद र ६ सय जरिवाना तथा दुवै सजायँ पनि हुन सक्ने जनाएको छ ।

गृह मन्त्रालयका अधिकारीहरुले सुरक्षा चुनौती देखिएमा कर्फ्यू लगाउँछन् भने सुरक्षा बाहेकका अन्य कारणले मानिसहरुलाई आउ-जाउ गर्न नदिन लकडाउन गरिन्छ ।

लकडाउन संक्रामक रोग ऐन-२०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कर्फ्यू स्थानीय प्रशासन ऐनअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी ९सीडीओ० ले लगाउन सक्छ ।

लकडाउन कर्फ्यु जस्तो कडा हुँदैन । तर, लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ सय रूपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।

विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा सुरक्षाका लागि सरकारले एक हप्ताका लागि आजदेखि लकडाउन आदेश जारी गरेको छ ।