८ मंसिर २०८३, मंगलबार

उपराष्ट्रपतिले कोरोना कोषमा एक महिनाको पारिश्रमिक दिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

उपराष्ट्रपति पुनले नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा अपिलसमेत गरेका छन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी कोषमा दुई महिना बराबरको पारिश्रमिक दिने निर्णय गरेकी थिइन् ।