
धनगढी, ११ चैत । केलालीको गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ । नाकामा रोकिएका नेपालीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
भारतबाट आएका नेपालीहरु नेपाली भूमिमा प्रवेश गर्न खोज्दै छन् भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ । जसका कारण गौरीफन्टा क्षेत्रमा केही तनावको स्थिति सिर्जना भएको हो ।
लकडाउनसँगै सीमा नाका बन्द गरेपछि भारतबाट नेपाल आउन लागेका सयौं नेपालीहरु सीमा नाकामा अलपत्र परेका छन् । उनीहरुले संकटको बेलामा पनि आफ्नो देशमा फर्किन नदिएको भन्दै आक्रोश पोखेका छन् ।











प्रतिक्रिया