बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

स्युचाटार साकोसले सरकारी कोषमा एक लाख प्रदान गर्ने

दैनिक नेपाल २०७६ चैत ११ गते ९:१७

काठमाडौं, ११ चैत । मुलुक, जनता र समाजप्रतिको दाइत्व निर्वाहा गर्दै स्युचाटार साकोसले स्युचाटार साकोस कोरोना प्रभावित सदस्य बिशेष राहत कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।

साकोसका अध्यक्ष सधुराम गौतमको अध्यक्षतामा बसेको बोर्ड बैठकले विशेष राहत कार्यक्रम घोषणा गरेको हो ।

साकोसले सरकारद्वारा स्थापित कोरोना राहत कोषमा स्युचाटार साकोसले एक लाख जम्मा गर्ने निर्णय गरेको प्रचार प्रसार समितिका संयोजक एवम् संचालक सदस्य किरण गिरीले जानकारी दिएका छन् ।

कोरोना भाइरसका बिरामी आफ्ना सदस्य तथा एकाघरका परिवारलाई चिकित्सकको सिफारिसका आधारमा तत्काल दस हजार उपलब्ध गराउने साकोसले जनाएको छ ।

साकोसबाट ऋण लिएका सबै ऋणी सदस्यहरूलाई०७६ चैत १ गतेदेखि असार मसान्तसम्म ऋणको ब्याजमा २ ५ प्रतिशत छुट दिने निर्णय भएको छ ।

साकोसको भाखा ननाघेका सबै ऋणी सदस्यहरूको ऋणको म्याद भाखा नाघेको मितिबाट छ महिना थप गरिदिने निर्णय पनि भएको छ ।

साकोसको कर्य क्षेत्र काठमाडौं जिल्लाभर नगरपालिकाहरूको सहयोग र समन्वयमा कोराना भाइरसविरुद्ध प्रतिरोध, रोकथाम तथा जनचेतना कार्यक्रम संचालन र परिचालन गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

साकोसको तत्कालीन कार्यक्षेत्र नागार्जुन र चन्द्रागिरी नगरपालिका जनसमुदायमा जनचेतना कार्यक्रम प्रचारप्रसार गर्ने र यथासंभब सेनिटाइजर तथा माक्स बितरण गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित