शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

इसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीले घरमै निशुल्क अध्ययन गर्न सकिने

दैनिक नेपाल २०७६ चैत ११ गते ८:५०

काठमाडाैं, ११ चैत । भुक्तानी सेवा प्रदायक इसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीलाई निःशुल्क घरमै अध्ययन गर्न सकिने सेवा व्यवस्था मिलाइएको छ ।

विश्वव्यापी महामारी निम्त्याएको कोरोनाका कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको अवस्थामा विद्यार्थीले घरमै बसेर निःशुल्क रूपमा श्रव्य दृष्य मार्फत अध्ययन गर्न सक्नेछन् ।

अध्ययनका लागी विद्यार्थीले मिडास एजुकेशनको मोबाईल एप्स् डाउनलोड गर्नुपर्नेछ । एप्लीकेशनमा अर्डर मा क्लिक गरेपछि मागिएको कोडमा राखेर आफूले चाहेको विषय अध्ययन गर्न पाइनेछ ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले आफूले चाहेको विषय अध्ययन गर्न सक्नेछन् ।

मिडासले विगत एक दशकदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृष्य सामाग्रीमार्फत अध्यापन गराउँदै आएको छ । विद्यार्थी स्कुल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाईल मार्फत अध्ययन गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिइएको हो ।

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित