८ मंसिर २०८३, मंगलबार

फ्रान्सबाट युवतीसँगै आएका अर्का व्यक्ति पनि सम्पर्कमा

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सोही जहाजमा काठमाडौं आएका अर्का व्यक्ति पनि सम्पर्कमा आएका छन् ।

बागलुङको ढोरपाटन नगरपालिका अधिकारीचौरका ती युवा सम्पर्कमा आएपछि मेयरसहित चिकित्सकको टोली त्यसतर्फ जाँदैछ ।

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले ती व्यक्ति सम्पर्कमा आएको र स्वास्थ्यकर्मीसहित आफूहरू अधिकारीचौर पुग्न लागेको बताए ।

चैत ४ गते फ्रान्सबाट फर्किएकी काठमाडौं घर भएकी महिलामा कोरोना संक्रमण देखिएको थियो । सँगै आएकी भियतनामकी साथीलाई कोरोना पोजेटिभ देखिएपछि उनी स्वास्थ्य परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन् ।