८ मंसिर २०८३, मंगलबार

कैलालीमा कर्फ्यु आदेश जारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १० चैत । कैलालीमा अनिश्चितकालीन कर्फ्यु लागेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै स्थानिय प्रशासनले सोमबार दिँउसो २ बजेबाट कर्फ्यु आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीले अर्को सूचना जारी नहुँदासम्मको लागि आज दिउँसो २ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले अत्यावश्यक सेवाबाहेक बाँकी सबै बन्द रहने जनाएको छ । कोरोनाभाइरसको संक्रमण जिल्लामा भित्रन नदिन र अनावश्यक भीडभाड रोक्न कर्फ्यु लगाइएको हो।

यसैगरी, प्रतिकूल किसिमको असर पर्न सक्ने कुनै पनि गतिविधि नगर्न पनि जिल्लावासीलाई आग्रह गरेको छ । प्रशासनको आदेश अवज्ञा गरे कडा कारबाही गर्ने प्रशासनले जनाएको छ ।