
अर्घाखाँची, १० चैत । आज रातिदेखि अर्घाखाँची लकडाउन हुने भएको छ । विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस न्युनिकरण र सतर्कताका लागि लकडाउन गर्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले जिल्लामा लकडाउन गर्ने सहमति गरेको हो ।
जिल्लामा मालवहाक सवारी वाहेक अन्य सबै सवारीलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको जनाइएको छ । औषधि र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् ।
खाद्यान्न, ग्यास, तेल, फलफुल पसल प्रत्येक बिहान १० देखि २ बजेसम्म मात्रै खुला हुनेछन् । सबैलाई १४ दिनसम्म घरकै क्वारेन्टाइनमा बस्न पनि अनुरोध गरिएको छ ।











प्रतिक्रिया