शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपालमा १९ बर्षीया युवतीलाई कोरोना भेटियो

दैनिक नेपाल २०७६ चैत १० गते १२:५१

काठमाडौं, १० चैत । एक नेपाली युवतीमा कोरोना संक्रमण भेटिएको छ ।

फ्रान्सबाट कतार हुँदै आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस(कोभिड–९) पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

उताबाट आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए।

सोमबार मन्त्री ढकालले बोलाएको आकस्मिक पत्रकार सम्मेलनमा ती युवतीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

उनको सम्पर्कमा आएका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित