
काठमाडौं, १० चैत । नेपाल औषधि व्यवसायी संघले औषधि पसल नियमित रुपमा सञ्चालन गर्न व्यवसायिहरुलाई आग्रह गरेको छ ।
संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले अपिल पत्र जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै औषधि पसल नियमित रुपमा सञ्चालन गर्न अपिल गरेका हुन् ।
संघले देशका नागरिकलाई सम्भावित जाखीमबाट जोगाउने जिम्मेवारी औषधी व्यवसायीको काँधमा आएको भन्दै अग्नि परीक्षा दिने समय आएको उल्लेख गरेको छ ।












प्रतिक्रिया