
काठमाडौं, १० चैत । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवका दाई सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
विप्लवका दाई जयेन्द्र चन्दसहित विनोद चन्द, प्रेम कृष्ण, कृष्ण मगर, अनिल मगर र कमल सुनार पक्राउ परेका हुन् ।
उनिहरुलाई महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीको टोलीले आइतबार राति पक्राउ गरेको हो । उनिहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया