
काठमाडाैं, १० चैत । आइतबार सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले चन्द्रगिरि नगरपालिकामा रहेको सशस्त्र प्रहरी अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ ।
अस्पतालमा सेना, प्रहरी र चिकित्सक खटाएर उपचार गर्ने.व्यवस्था मिलाउने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
बैठकमा कोरोना न्युनिकरणका लागि थप प्रभावकारी कदम चाल्ने विषयमा छलफल केन्द्रित भएको थियो । बैठकले एक साताका लागि भारत र चीनसँगका सबै नाका पनि बन्द गर्ने निर्णय पनि गरेको छ।
बैठकले कोरोना भाइरससँग लड्नलाई विभिन्न उपाय अपनाउन ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय पनि गरेको छ।











प्रतिक्रिया