७ कार्तिक २०८३, शनिबार

कोरोनाविरुद्ध वित्तिय संस्था : जुनसुकै एटीएम, ई–बैंकिङमा चार्ज नकाटिने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । कोरोना भाइरस (कोभिड१९) प्रभावविरुद्ध वित्तिय संस्थाले रकम निकाल्नका लागि सर्वसाधारणलाई सुविधा दिने निर्णय गरेका छन् ।

वाणिज्य बैंक, विकास बैंक र फाइनाइन्सका जुनसुकै एटीएमबाट जुनसुकैले रकम निकाल्दा अतिरिक्त चार्ज नलिने निर्णय गरेका छन् । सकभर इन्टरनेट बैंकिङ गर्नका लागि सुझाव दिएका वित्तिय संस्थाले सो सेवामा पनि सेवाशुल्क नलिने निर्णय गरेका हुन् ।

सकभर घरमै बसेर कारोबार गर्न सुझाव दिएको नेपाल बैंकर्स संघले विभिन्न बैंकका शाखा कार्यालयमा कोरोनाविरुद्धको आवश्यक सावधानी र सुरक्षा अपनाइएको जनाएको छ ।

शाखामा कारोबार गर्न जाँदा स्यानेटाइजर लगायतका स्वास्थ्य सुरक्षामा सावधानी गरिएको जनाएको संघले कारोबार खुला रहने पनि उल्लेख गरेको छ ।