
बाँके, ९ चैत । नेपालगञ्जस्थित जमुनाहा नाकाबाट नेपाल आवतजावतमा रोक लगाइएको छ ।
विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संत्रास नेपालमा पनि रहेकाले कोरोना रोकथाम र न्युनिकरणका लागि उपाय स्वरुप एक हप्ताका लागि नाका बन्द गरिएको हो ।
सामानहरु भने निर्वाध रुपमा आउने बताइएको छ । पछिल्लो समय भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा पनि उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।
नाकाहरुमा चेकजाँचमासमेत कडाई गरिएको छ ।











प्रतिक्रिया